नेपालका सरकारी बिदाहरु परिमार्जन गर्नुपर्छ
रामकुमार परियार सरकारले हालैमात्र किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको जन्मदिन अर्थात हरेक वर्ष कात्तिक २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जुन एकदमै सुखद र स्वागतयोग्य कदम हो । प्रधानमन्त्री केपि ओलि पांचथर भ्रमणबाट फर्किए लगत्तै त्यहाँका जनतालाई दिएको वचन अनुरुप बिहिबार बसेको मन्त्रीपरिषद बैठकले...