यतिबेला नेपाली काङ्ग्रेसका तर्फबाट पथरीशनिश्चरे नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार गणेश खड्का र प्रेमला राई प्रत्येक वडाका मतदाता माझ पुगेर आफ्ना एजेन्डा र योजनाहरुबारे बुझाईरहेका छन ।
पथरीमा चुनावी प्रचार तिव्र , वडा संपर्क कार्यालय स्थापना
पथरी , जेठ २३ – दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकै गर्दा पथरीशनिश्चरे नगरपालिकामा नेपाली काङ्ग्रेसले घरदैलोमा तथा चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ ।
वडा र नगरका संपुर्ण उम्मेदवार सहित दिनहुँ सयौं जनाको टोलि यतिबेला घर दैलोमा लागिपरेका छन् । यसैक्रममा हिजो सोमबार वडा नं ३ मा चुनावी प्रचारप्रसार संपर्क कार्यालय स्थापना गरिएको छ । मेयरका उम्मेदवार गणेश खड्का र उपमेयरकि उम्मेदवार प्रेमला राईले संयुक्त रूपमा संपर्क कार्यालयको स्थापना गरेका हुन ।
वडाका सम्पुर्ण कार्यकर्ता , मतदाता , शुभेच्छुक हरुसंगको संपर्क सहज र सुलभ बनाउने उद्देश्यले संपर्क कार्यालय स्थापना गरिएको उपमेयरकि उम्मेदवार प्रेमला राईले बताईन । उनले दुई दशक पछि हुन लागेको यो ऐतिहासिक निर्वाचनमा सक्रियता पुर्वक सहभागी भएर नेपाली काङ्ग्रेसका संपुर्ण उम्मेदवारहरुलाई भारी बहुमतले विजयी गराउन आग्रह गरेकी छिन ।
Such a Fantastic & Really Nice and original Post .Keep Posting Good ContentLike This .Thanks For Sharing .
2020 Toyota Urban Cruiser
Mahindra Thar SUV 2020 Review
Automobile Cars MotorBike Travel Vlogs
Construction Cleaning Service Auckland
Everything about UV300
Mahindra XUV 300 Variant Explained
Mahindra XUV 300 Variant comparison