समाचार · २०७७ चैत्र १५ 0

नेपाल एसोसिएसन युएईको एमआरपी घुम्ती सेवा


रामकुमार परियार    | २०७७ चैत्र १५


नेपाल एसोसिएसनले गएको मार्च १२ तारिख बरदुबईको अबुबक्कर मेट्रो स्टेसन नजिकै रहेको आफ्नो कार्यालयबाट शुरु गरेको एमआरपी फारम टाईपिङ गर्ने , प्रिन्ट गर्ने , फोटो खिच्ने तथा कागजातहरु मिलाएर दूतावाससम्म पुर्यारउने कार्यलाई विस्तार गर्दै अहिले युएईका सबै राज्यमा पुर्या,एको छ ।

युएईमा लागु कोभिड १९ सम्बन्धि सुरक्षा र सावधानी तथा अबुधाबी राज्य प्रवेशमा गरिएको कडाईका कारण अन्य राज्यमा रहेका नेपालीहरुलाई दूतावाससम्म पुग्न कठिनाई भईरहेको नेपाल एसोसिएसनले स्थानीय प्रशासनको अनुमती लिएर हरेक राज्यमा निशुल्क एमआरपी घुम्ती सेवा संचालन गरेको हो ।

एसोसिएसनले गएको शुक्रबार फुजेरा राज्यमा संचालन गरेको शिविरमा करिब ५५ जना सेवाग्राही उपस्थित भएको र ४१ जनाको फारम भरिएको एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले बताए । एसोसिएसनले यसअघि १ सय १० जनाको राहदानी नविकरणको फारम भरेर दूतावास बुझाई सकेको छ ।

घुम्ती सेवामा यसअघि कोभिड १९ को महामारीका बेला नेपालीहरुको सहयोग तथा उद्दारमा खटेका एसोसिएसनका प्रतिनिधिहरु नरेस सेन , नवीन पौडेल , विकास शाही , कृष्ण ठाकुर , कल्पना राई लगायत क्षेत्रीय समितिका स्वयंसेवकहरुले सहजीकरण गरेका थिए ।

एसोसिएसनले दूतावाससँगको सहकार्यमा सित्तैमा एमआरपी फारम भरिदिने, फोटो खिच्ने, प्रिन्ट गर्ने, दूतावासमा फारम बुझाउनेदेखी लिएर शैक्षिक प्रमाणपत्र, विवाह दर्ता लगायत श्रमका अन्य कागजातहरु दर्ता तथा प्रमाणीकरणका लागि समेत निशुल्क सहयोग गरिरहेको एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठ बताउँछन् ।                                  एसोसिएसनले आगामी अप्रिल २ मा अजमान राज्यमा रहेको काठमाडौ दरबार रेष्टुरेन्टमा , सोही दिन दुबई देरा स्थित एसोसिएसनको कार्यालयमा , अप्रिल ९ मा रसअलखेमा अप्रिल १६ मा उम अल क्विन र अप्रिल २३ मा सारजाहमा शिविर संचालन गर्दैछ ।

शिविरमा आउँदा सक्कली राहदानी र स्पष्ट देखिने नागरिकताको प्रतिलिपी (फोटोकपी) लिएर आउन एसोसिएसनले आग्रह गरेको छ । साथै एमआरपीको फोटो खिच्नका लागि गरगहना नलगाई र बिना मेकअप उपस्थित हुनुपर्ने बताईएको छ ।