कलैया नगरपालिका वडा नम्बर ४ का २८ वर्षिय कन्हैया गुप्तालाई जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद दिने फैसला मंगलबार सुनाएको हो।जिल्ला अदालत बाराका न्यायधीश लिप्त बहादुर थापाको इजलाशले पूजा साहको बलत्कार र हत्यामा संलग्न रहेको ठहर गर्दै गुप्तालाई ३५ वर्ष कैदको सजाय सुनाएको हो ।
कर्तब्य ज्यान मुद्धामा सर्वश्व सहित जन्म कैद अर्थात २० वर्ष कैद र जबरजस्ती करणी मुद्धामा १५ वर्ष गरि कुल ३५ वर्ष कैदको सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार रोशन भटटराइले जानकारी दिए ।
जबरजस्ती करणी निरन्तर थुनुवाइमा पर्ने भएको र कर्तब्य ज्यानको अपराध अभियुक्त स्विकार गरेकाले मंगलबार अदालतमै पेश भएकै दिन मुद्धाको फैसला गरिएको श्रेस्तेदार भट्टराइले जानकारी दिए ।
पुजाको बलात्कार र हत्यामा संलग्न गुप्तालाइ प्रहरीले फागुन १० गते नै पक्राउ गरेको थियो । फागुन ८ गते साझ कलैयाको दहीबजार नजिकबाट बेपत्ता भएकी पुजा फागुन ९ गते बिहान कलैया ६ स्थित श्री तीन चन्द्र उच्च माविको दक्षिण पट्टीको खाली जग्गामा बलात्कृत अवस्थामा फेला परेकी थिइन् । उनको उपचारका क्रममा काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।