विविध · २०७१ पुष २३ 0

बाल मनोविज्ञान र अभिभावकत्व


रामकुमार परियार    | २०७१ पुष २३


एउटा प्राथमिक विद्यालयकि  शिक्षीका (मिस) ले एकदिन कक्षा तिन का विद्यार्थी सँग परिक्षा लिईन । परिक्षामा एउटा मनोविज्ञान सँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो ।
प्रश्न:  “यदि मेशिनबाट मान्छेलाई पनि उसले चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के
बन्थ्यौ ? र किन ?”
परिक्षा जसै सकियो ति मिसले परिक्षापत्र जाँच्न को लागी घरैमा लिएर आईन । साँझ को खाना खाएर मिस कपी जाँच्न बसिन ।
कपि जाच्ने क्रममा  अन्तिम कपि जाँच्दै गर्दा उनका आँखाभरी आँशु भए । उनका श्रीमान उनकै नजिक बसेर tv मा हेरिरहेका थिए । त्यो देखेर उनले भने किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ?
मिसले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन – आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो । त्यसको जवाफमा एक जना बच्चाले यस्तो लेखेको छ “यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए म tv बन्ने थिएँ ।” श्रीमान – (हाँस्दै) धत लाटी यस्तो कुरामा किन रुनु ?
मिस – अगाडि सुन्नुस् न अझै -किनकी tv भएँ भने सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा मेरो स्थान नै अलग हुने थियो , जब म बोल्थेँ सबैले ध्यान दिएर सुन्थे बिना कुनै उल्टा सवाल । बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा बसेर मलाई नै हेरिरहनुहुने थियो । मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले ढाकि दिनुहुन्थ्यो । मम्मि बाबा जब तनाब मा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु हकार्नु को सट्टा उल्टै मेरो साथमा बसेर आफ्नो तनाव कम गर्नुहुन्थ्यो । साँच्चै म tv हुन्थेँ भने सबैलाई खुशि दिन सक्थेँ । यहाँसम्म कि मेरो सामु बस्न मेरा दिदी दाजु र भाई बहिनीमा तँछाड मछाड झगडा हुन्थयो ।”
यति सुनेपछि मिसका श्रीमान अलि गम्भिर भएर भने – “बिचरा बालक ! उसका बाबा आमाले त उस्लाई अलिकति पनि ख्याल नगर्दा रहेछन् , कति अभागी त्यो बच्चा बाबु आमाको ममताको लागी तड्पीरहेको रहेछ , केहि त देखभाल गर्नु नि”
अगाडि मिसले भनिन् – थाहा छ हजुरलाई त्यो बच्चा को हो ?
श्रीमान – को हो ?
मिस- त्यो बच्चा हाम्रै छोरा कालु हो …।
श्रीमान – हँ . . . .!!! (दुवै जना स्तब्ध,अवाक)