प्रविधि · २०७१ माघ १० 0

फेसबुक बन्द हुँदै


रामकुमार परियार    | २०७१ माघ १०


तपाईंले प्रयोग गर्दै आउनु भएको फेसबुक अब बन्द हुने भएको छ । पत्याउनु हुन्न होला,तर वास्तविकता यहि हो । पिर नगर्नुहोस् सधैंको निम्ति बन्द हुन लागेको भने होईन ।

फेसबुकले आफ्नो डाटा नीति, कुकिज पोलिसी र विभिन्न शर्तहरू अपडेट गर्ने भएकाले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई २४ घण्टाका लागि फेसबुक बन्द गर्न सुझाव दिइएको एजेन्सीहरूले जनाएका छन्।
२०१५ को सुरुवातसँगै फेसबुकले आफ्ना प्रयोगकर्तालाई नोटिफिकेसनमार्फत धेरै कुरा परिवर्तन हुने जानकारी दिएको थियो। यसैका आधारमा फेसबुक प्रयोगकर्ताले धेरै सुझावसमेत पठाइरहेका छन्। प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले आफ्नो डाटा/नीति र शर्तहरू अपडेट गर्दैछ। जसले प्रयोगकर्तालाई भने सहज हुने अनुमान गरिएको छ। तर, मार्क जुकरबर्गले फेसबुक बन्द गर्ने भन्नेबारे कुनै औपचारिक घोषणा गरेका छैनन्।