प्रविधि · २०७२ बैशाख ३० 0

फेरि भाईबरबाट नेपालीलाई निशुल्क कलको सुविधा


रामकुमार परियार    | २०७२ बैशाख ३०


मे १३ , युएई ।
नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा दिने भएको छ ।

वैशाख १२ को भुकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने मोबाइल र ल्याण्डलाईन कल निःशुल्क गराउने बताएको हो ।
आफ्नी फेसबुक पेज मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालको पछिल्लो भुकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र नेपाली प्रयोगकर्ताले जुनसुकै स्थानमा भाइबरबाट कल गर्दा पैसा नलाग्ने उल्लेख गरेको छ । यो सँगै भाइबरको प्रयोग गरी नेपाल भित्र र बाहिर गरिने जुनसुकै कल गर्दा पैसा लाग्नेछैन ।
यद्यपि यो समाचार तयार पार्दा सम्म उक्त सेवा सूचारु भईसकेको छैन । भाईबरले प्राविधिक समस्याका कारण निशुल्क सेवा सुचारु हुन ढिला भएको भन्दै यथाशीघ्र सेवा उपलब्ध गराउन  प्रयासरत रहेको जनाएको छ ।