
किन जाने सडक ? किन गर्ने बन्द जबकी तिम्रो नाम बेचेर आएको आरक्षण नै तिमी पाउदैनौ भने । रेडियो र टेलिभिजनका पर्दामा अधिकार , मुक्ती र विशेष सुविधाका मिठा-मिठा कुरा गर्ने कथित नेताहरुको पछि लाग्नु बेकार छ । यिनिहरु कहिल्यै पार्टी भन्दा माथी उठेर तिम्रा पक्षमा बोल्ने छैनन् तिम्रा हितमा सिन्को भाँच्ने छैनन् । बोल्छन् , गर्छन् त केवल आफ्ना भाईभारदार र आफन्तका निम्ति ।