
उनको यस्तो दुर्दशा देखेपछी छेउको घरबाट एकजना मानिस निस्किए र भने ‘ए बाबु नभाग, बरू निडर भएर तिनीहरू तिर अघि बढ ।’
विवेकानन्दले त्यसै गरे, उनी छाती फुलाएर अघि बढे । सारा बादँर पर पर भागे । आक्रमण गर्ने प्रयत्न गर्थे तर सकेनन् ।
पछी विवेकानन्दले यो घट्ना स्मरण गर्दै भनेका थिए, ‘प्रतीकूल स्थिती आए, बाधाहरू आए भने डराएर भाग्नु हुदैन, बरू छाती फुलाएर दृढ निश्चयले अगाडि बढ्नु पर्छ । यसरी नै तिनीहरूबाट पार पाइनुका साथै सफलता हासिल हुनसक्छ ।’